Rastriya Banijya Bank Employees Association Nepal
viber_image_2024_05_24_13_27_35_274(1).jpg

संघको कार्यकारीणी र उपत्यकाभित्र उपलब्ध केन्द्रिय सदस्यहरुको उपस्थितिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनाललाई संघको अध्यक्ष श्री लक्ष्मी प्रासाद पाण्डेयले खादा लगाइ बूकी प्रदान गरी स्वागत गर्नुभयो। २०८१।०२।११ गते सम्पन्न उक्त कार्यक्रममा संघको तर्फबाट अध्यक्ष श्री लक्ष्मी प्रशाद पाण्डेय र महसचिव रबिन्द्र प्रसाद चौलागाईंले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै, बैंक को श्रीवृद्धि गर्ने कार्यमा संघको सधैं रचनात्मक सहयोग हुने तर पेशागत हकहित र आम कर्मचारीको उत्प्रेरणा र उचित कार्य वातरणको बिषयमा संघले कदापी सम्झौता नगर्ने बिषय राख्नुभएको थियो। संघको तर्फबाट बैंक को proper resource utilization लगायत ब्यबस्थापकीयका साथै कर्मचारी सेवा विनियमावली पुनर्लेखन, श्रम सम्बन्ध समिती मार्फत महिला कर्मचारीहरुको समस्या सम्बोधन, नयाँ कर्मचारीहरुलाई योगदानमा आधारित उपदानको ब्यबस्थाले भएको विभेदको अन्त्य, करार पारिश्रमिक ज्यालादारी लगायतका बिषयहरुको सम्बोधनकोलागी तत्काल अघी बढ्न माग गरियो। 
संघको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनालले बैंकको समग्र कर्मचारी हकहितमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले खेलेको भूमिका सरहानिय रहेको भन्दै आगामी दिनमा सोही किसिमको अपेक्षा गरेको बताउदै आफुले संघसँग सहकार्य गरेरनै अघी बढ्ने सोचेको बताउनु भयो।

सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेशागत हक र संस्थाको सम्बद्र्धन गरौं