Rastriya Banijya Bank Employees Association Nepal

Rastriya Banijya Bank Employees Association Nepal

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, राष्ट्रिय वाणिज्य बैंक भित्रको पहिलो र सबैभन्दा ठुलो क्रियाशील ट्रेड युनियन हो। पेसागत हक हित र संस्थाको सम्बद्र्धनका लागि बहुदलीय प्रजातन्त्रको आगमनसँगै २०४७ श्रावण ६ गते यसको विधिवत स्थापना भई ३३ औँ वर्ष पार गरिसकेको छ । यस संघले आफ्नो स्थापना कालमा बैंकमा रहेका ६ हजार कर्मचारी माझबाट सांगठनिक कामहरूलाई सुव्यवस्थित एवं प्रभावकारिताका साथ अगाडि बढाउँदै आएको छ भने हाल राष्ट्रिय वाणिज्य बैंकका अधिकांश कर्मचारी राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको छातामा आबद्घ रहिआएका छन् ।  यसले आफूलाई बैंकभित्र मात्र सीमित नराखी नेपालको सिङ्गो पेसागत आन्दोलनमा विगतदेखि नै महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस्तै योगदानहरूका कारणबाट नै पेसागत क्षेत्रमा यस संघले उपयुक्त जिम्मेवारी प्राप्त गर्दै आएको छ । यस संघले आजसम्म ११ वटा केन्द्रीय महाधिवेशन र ९ वटा केन्द्रीय परिषद् सम्पन्न गरिसकेको छ । ११ वटा केन्द्रीय महाधिवेशन मिति २०७९ भाद्र ३० र ३१  गते पर्यटकीय नगरी पोखरामा भव्यतापूर्वक सम्पन्न भइसकेको छ । सघंको विधानको ब्यवस्था बमोजिम केन्द्रीय समिति, केन्द्रीय लेखा समिति, प्रदेश समिति, जिल्ला समिति, र प्रारम्भिक समिति रहेका छन्।

Our Objectives

  • बैंकको सम्बर्द्वन र विकासमा योगदान पुर्याउनु।
  • कर्मचारीहरुको हितलाई ध्यानमा राख्दै व्यवस्थापन र कर्मचारीहरु बीच समन्वय गर्न प्रयत्नरत रहनु।
  • कर्मचारीहरुको पेसागत हक हितको सुनिश्चिता प्रदान गर्नु।

Recent Activities

सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेशागत हक र संस्थाको सम्बद्र्धन गरौं