संघको ३४ औँ वार्षिकोत्सव सम्पन्न ः–
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष श्रावण पहिलो हप्ता साताब्यापिरुपमा विभिन्न कार्यक्रमसहित मनाउँदै आएअनुरूप यसबर्षपनि ३४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निम्न बमोजिमका कार्यक्रम आयोजना गरी भब्यताका साथ सम्पन्न गरेको छ ।
म्युजिकल चेयर खेल प्रतियोगिता ः संघको वार्षिकोत्सवको अवसरमा मिति २०८०÷०४÷०३ गते बैंकको केन्द्रीय कार्यालय प्ररिसरमा बैंकका महिला कर्मचारीहरूबिच म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । संघको उपाध्यक्ष लक्ष्मि ज्ञवालीको संयोजकत्वमा सम्पन्न भएको उक्त खेलमा प्रथम वसन्ता पन्थी, द्वितीय भावना शर्मा र तृतीय गङ्गा भुर्तेल हुनुभएको थियो । खेलका विजयी प्रतियोगीहरूलाई मूल समारोहमा प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रम ः रक्तदान जिवनदान भन्ने नाराको साथमा मावन हितको लागि संघको वार्षिकोत्सवको अवसरमा मिति २०८०÷०४÷०४ गते बैंकको केन्द्रीय कार्यालय प्ररिसरमा संघको वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमल्सिनाको सयोंजकत्वमा रक्तदान कार्यक्रममा सम्पन्न भयो । सो रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरूले रक्तदान गर्नुभएको थियो ।
३४ औँ वार्षिकोत्सव मूल कार्यक्रम ः नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एक समारोहका बिच ३४ औँ वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गर्नुभयो । सो अवसरमा महासचिव पोखरेललले ट्रेड युनियनहरूले कर्मचारीहरूका हकहित र कार्यरत संस्थालाई सबल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताउँदै देशका तत्कालीन राजनौतिक तथा आर्थिक अवश्थाको बारे चित्रण गर्दै अर्थतन्त्रको सूधारको सथौ मूलुकको समुन्नती राज्यले खेल्नूपर्ने भुमिको ब्याख्य गर्दै त्यसमा वित्तिय संस्था र तिनको कर्मचारीवर्गको भूमिका अहम् हुने उल्लेख गर्नुभयो।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष पाण्डेयले बैंकमा क्रियलशिल ट्रेड युनियनहरूले राखेको माग आंसिकरुपमा सम्बोधन भयकोमा थप प्राप्तिको लागी संघले बैंकमा क्रियलशिल ट्रेड युनियनहरूसंघ सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्घता ब्यक्त गर्दै आम कर्मचारी वर्गमा थप उर्जाको साथ बैंकको ब्यबसाउ बिस्तारमा लागिपर्न आह्वान गर्नुभयो । संघका महासचिव रविन्द्रप्रसाद चौंलागाईंले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य दिनुभएको थियो । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पेसागत महासङ्घ नेपालका अध्यक्ष, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ(द्यक्ष्ँग्) नेपालका राष्ट्रिय समितिका अध्यक्ष, नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष, बैंकको सचांलक समितिका अध्यक्ष, बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरूहरू, विभागीय प्रमुखहरू, सङ्घका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकमा क्रियलशिल ट्रेड युनियनका अध्यक्षहरू, बैंकका शाखा प्रबन्धकहरू, सङ्घका पदाधिकारीहरू लगायत कर्मचारीको भव्य उपस्थिति रहेको थियो । सो कार्यक्रममा पेसागत महासङ्घ नेपालका अध्यक्ष पूण्यप्रसाद ढकाल, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ (द्यक्ष्ँग्) नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी सङ्घ नेपालका पूर्व अध्यक्ष शिवप्रसाद अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लि.का अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय वाणिज्य बैंक लि.का अध्यक्ष दीपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पेसागत हकहित तथा संस्थाको संवर्धनका विषयमा संघको भूमिकाको बिषयमा व्यापकरूपमा विषयहरू उठान गरिएको थियो ।
आजिवन सदस्य पदक वितरण ः संघको ३४ औँ वार्षिकोत्सवको अवसरमा संघका मिति २०८९÷०४÷०७ देखि मिति २०८०÷०४÷०६ गते बिच सेनानिवृत्त निम्न आजिवन सदस्यहरुलाई खादा ओढाई चाँदिको पदक वितरण गरियो ।
ज्ञानसिंह चौधरी
दिवाकर प्रसाद गुप्ता
धन बहादूर श्रेष्ठ
भोजराज अधिकारी
उत्कृष्ट प्रदेश समिति रनिङ्ग शिल्ड ः संघको प्रदेश समितिहरुलाई थप क्रियाशिल बनाउन र प्रदेश समितिहरु बिचमा क्रियाशिलतामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न राबिया नेपाल रनिङ्ग शिल्डलाई पुनःनिरन्तरता दिईयो । संघको उपाध्यक्ष लूजः श्रेष्ठको संयोजकत्वमा गठित कार्यविधि निर्माण,मूल्यांकन र सिफारीस समितिको सिफारिसमा उच्चतम अंक (६८) ल्याउने गण्डकी प्रदेश समितिलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको हातबाट ३४ औँ वार्षिकोत्सव मूल कार्यक्रममा वितरण गरीयो ।
राबिया नेपाल सांस्कृतिक साँझ ः अतिरिक्त गतिविधमा समेत संघको क्रियाशिलता वृद्धि गर्नको साथै राबिया नेपाल रिलिफ फण्डको सहयोगार्थ संघको ३४ औँ वार्षिकोत्सवको अवसरमा मिति २०८०÷०४÷०६ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा बृहत् राबिया नेपाल सास्कृतिक साँझ–२०८० सम्पन्न भयो । संघको उप–महासचिव तथा युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमूख पेशल नेपालले संयोजन गर्नुभएको कार्यक्रममा राष्ट्रिय स्तरका बरिष्ठ सगिंतकार,गायक, कमेडियन तथा कलाकारहरु मनोज गजुरेल, टिका भण्डारी, ज्ञानु राणा, बद्री पगेंनी,रचना रिमाल, सूजिल कर्माचार्य, सूमन काकी, धर्मेन्द्र सेवान र रोसा फूँयाल को प्रस्तुति रहेको थियो भने उपत्यका भित्र र बाहिरका करिब १००० कर्मचारी र अन्य ब्यक्तिहरुको उपश्थिति रहेको थियो । उक्त कार्यक्रम ऐतिहासिक कार्यक्रमले आम कर्मचारीले मनोरञ्जन प्राप्त गर्नुको साथै राबिया नेपाल रिलिफ फण्डको सञ्चितिमा समेत बृद्घी भयो ।
राबिया एन्थम(राबिया गित) ः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको ईतिहार, वर्तमान र उद्देश्य झल्किने गरी राबिया गित बनाउने संघको निर्णय अनुरुप सार्बजानीक रुपमा रचना माग गरी प्राप्त रचनाला वरीष्ठ सगिंतकार टिका भण्डारीको संयोजन,सगिंत र स्वरमा संघको ३४ औँ वार्षिकोत्सवको अवसरमा मिति २०८०÷०४÷०६ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा आयोजित बृहत् राबिया नेपाल सास्कृतिक साँझ–२०८० मा बिमोचन गरीयो । संघको गितका रचनाकार निम्न बमोजिम रहनुभएको छ ।
रचनाकार ः
ईश्वर उप्रेति
रविन्द्रप्रसाद चौंलागाईंं
कृष्णप्रसाद लम्साल
दिपेन्द्र भट्टराई
भोजराज काफ्ले
शान्ती दाहाल
सगिंत, स्वर, संयोजनः वरीष्ठ सगिंतकार टिका भण्डारी