Rastriya Banijya Bank Employees Association Nepal
viber_image_2025_07_23_12_26_25_671(3).jpg

 राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सकिएको छ । संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष पाण्डेयले सम्झौता भएरपनि कार्यान्वयन हुन नसकेका विषयहरु तत्काल सम्बोधन हुनुपर्ने अन्यथा थप कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले वार्षिकोत्सव उद्घाटन गर्दै राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवा सुविधामा ध्यान पुर्याउन सके उत्पादकत्व बृद्धिमा सहयोग पुग्ने बताए । राष्ट्रिय वाणिज्य बैंकमा हाल भइरहेको आन्दोलनमा महासंघको ऐक्यबद्धता जनाउँदै अध्यक्ष ढकालले आवश्यक पहलकदमी लिइने र तार्किक निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाए

कार्यक्रममा संघका पुर्व अध्यक्ष शिवकुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकाल, निमिक्त प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिपेन्द्र कार्की लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय बाणिज्य बैंकको सन्दर्भमा ‘योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरु’ विषयक आयोजना भएको निबन्ध प्रतियोगितामा प्रथम जानकी कुमारी न्यौपाने, द्धित्तिय रमा पराजुली र तृतीय राकेश कुमार राय भए भने कुर्चीदौड प्रतियोगितामा प्रथम रेनुका न्यौपाने, द्धित्तिय एलिना गौतम र तृतीय कोपिला ढकाल भएका छन् । विजयी प्रतियोगीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पेसागत हकहित तथा संस्थाको सम्वद्र्धनका बिषयमा छलफल भएको छ । कार्यक्रममा संघको कर्णाली प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट भएबापत रनिङ शिल्ड प्रदान गरिएको छ । संघका महासचिव रविन्द्रप्रसाद चौंलागाईको सञ्चालनमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सिनाले स्वागत गरेका हुन् । वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, सातवटै प्रदेशमा विभिन्न कार्यक्रम समेत भएका छन् ।

सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेशागत हक र संस्थाको सम्बद्र्धन गरौं