Rastriya Banijya Bank Employees Association Nepal

अतिरिक्त गतिविधमा समेत संघको क्रियाशिलता वृद्धि गर्नको साथै राबिया नेपाल रिलिफ फण्डको सहयोगार्थ संघको ३४ औँ वार्षिकोत्सवको अवसरमा मिति २०८०÷०४÷०६ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा बृहत् राबिया नेपाल सास्कृतिक साँझ–२०८० सम्पन्न भयो । संघको उप–महासचिव तथा युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमूख पेशल नेपालले संयोजन गर्नुभएको कार्यक्रममा राष्ट्रिय स्तरका बरिष्ठ सगिंतकार,गायक, कमेडियन तथा कलाकारहरु मनोज गजुरेल, टिका भण्डारी, ज्ञानु राणा, बद्री पगेंनी,रचना रिमाल, सूजिल कर्माचार्य, सूमन काकी, धर्मेन्द्र सेवान र रोसा फूँयाल को प्रस्तुति रहेको थियो भने उपत्यका भित्र र बाहिरका करिब १००० कर्मचारी र अन्य ब्यक्तिहरुको उपश्थिति रहेको थियो । उक्त कार्यक्रम ऐतिहासिक कार्यक्रमले आम कर्मचारीले मनोरञ्जन प्राप्त गर्नुको साथै राबिया नेपाल रिलिफ फण्डको सञ्चितिमा समेत बृद्घी भयो ।

सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेशागत हक र संस्थाको सम्बद्र्धन गरौं